पाठेघरका मुखको क्यान्सर, कसरी, किन र कसलाई हुन्छ ? थाहा पाउनुहोस्!
१. २१ देखि ६५ वर्ष उमेर समूहका महिलाका लागि यो जाँच अनिवार्य छ । धेरै जसो महिलालाई ५० को दशकमा क्यान्सरबारे थाहा हुने गर्छ । त्यो भन्दैमा ६५ वर्ष भन्दा माथिका महिलालाई क्यान्सरको जोखिम कम हुन्छ भन्ने हैन । ६५ वर्ष माथिका महिलालाई पनि यसको खतरा बढी हुने गर्छ ।
२. यसको जाँच २१ वर्षदेखि सुरु गर्नुपर्छ र प्रारम्भिक चरणमै सर्भाइकल क्यान्सर पत्ता लगाउनको लागि हरेक तीन वर्षमा यसको जाँच जरुरी छ ।
३. यो जाँच २१ वर्ष भन्दा कम उमेरका मानिसमा त्यति लागु हुदैन । तर यदी तपाई २१ वर्ष भन्दा कम उमेरको हुनुहुन्छ र सेक्सुअल्ली एक्टिभ हुनुहुन्छ भने चाहि यो जाँच तपाइको लागि पनि अनिवार्य ।
४ हरेक पाँच वर्षमा कम्तीमा एक पटक एपीवी र पीएपी टेष्ट गराउन आवश्यक छ । कुनै पनि लक्षण देखा परेमा यो जाँच प्रत्येक वर्ष गर्न आवश्यक छ ।
५. कुनै महिला जसको गर्भासय निकालिएको छ, जसको सर्भाइकल क्यान्सरसित कुनै लेनदेन छैन, वा उसलाई सर्भाइकल क्यान्सरको कुनै खतरा छैन, उनीहरुका लागि भने यो जाँच आवश्यक छैन ।
६. सर्भाकल क्यान्सर सम्बन्धि कुनै पनि जाँचका लागि डाक्टर वा नर्स अनिवार्य छ । उनीहरुले पाठेघरको मुनी रहेको सर्भिक्सको कोषिकालाई लिएर माइक्रोस्कोपीक टेष्ट गरिन्छ । सामान्यतया, सर्भाइकल क्यान्सरका लागि दुई वटा टेष्ट आवश्यक छ , जसमा प्याप स्मेयर टेष्ट तथा लिक्विड वेस्ड साइटोलोजी सामान्य मानिन्छ ।
७. यदी कुनै महिलाले सर्भाइकल क्यान्सर विरुद्धको खोप लगाएको छ भने पनि चिकित्सकको सुझाव पश्चात्त उनीहरुले पनि यसको जाच गराउन आवश्यक छ ।
८. जो मानिस क्यान्सरको जोखिममा छ वा उसको परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर छ भने उनीहरुले पनि बेला बेलामा यो जाँच गराउन आवश्यक छ ।
कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?
पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क शुरु भएपछि यसले असर देखाउन शुरु गर्छ । योनीबाट सेतो पानी बग्ने र चिलाउन थाल्यो भने यसमा शंका गर्नुपर्छ । किनभने सुरुवाती अवस्थामा यस्तै लक्षण देखिन्छ । यो लक्षण देखिनासाथ प्याप स्मेयर परीक्षण गराउनु पर्छ । यो परीक्षणले संक्रमण क्यान्सर हुनु अगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।
कसरी हुन्छ संक्रमण ?
– धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा
– सानै उमेरमा बिवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा
– सानै उमेरमा बच्चा जन्माएमा
– धेरै बच्चा जन्माएमा
– पटक पटक गर्भपतन गराएमा
– धूम्नपान गरेमा
– लामो समयसम्म -५बर्ष भन्दा बढी) हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा ।
हार्माेनयुक्त परिवार नियोजनका साधन ३,४ बर्षको बीचमा केही समय रोकेर पुन प्रयोग गर्नु राम्रो हुन्छ । हार्माेनले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने भएकाले बीचबीचमा साधन परिवर्तन गर्नुपर्छ ।
रोग लागेको कसरी थाहा पाउने ?
१. यौन सम्पर्क गर्दा रगत देखिने
२. महिनावारी नभए पनि रगत देखिने
३. सेतो गन्हाउने पानी आउने
४. सानो पेट दुखिरहने
५. ढाड दुख्ने
६. बढी थकाइ लाग्ने
७. लामो समयसम्म खोकी निको नहुने
८. स्वर परिवर्तन हुने
९. दिशा वा पिसाबको तालिका फरक हुने
१०. तौल घट्दै जाने ।
Comments