मणिपुर हिंसामा २ महिनामा १४२ नागरिक मारिए
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।
मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ । गत मेदेखि राज्यमा आगजनीका पाँच हजार घटना भएका तथा इम्फाल पूर्व र इम्फाल पश्चिमका जिल्लामा सबैभन्दा धेरैले ज्यान गुमाएका उल्लेख गरिएको छ ।
राज्यमा शान्ति सुव्यवस्था कायम गर्न तथा स्थितिलाई नियन्त्रणमा राख्न पाँच हजार नौ सय ९५ फस्ट इन्फर्मेशन रिपोर्ट (एफआईआर) दायर गरिएको र छ हजार सात सय ४५ जनालाई हिरासतमा लिइएको मुख्य सचिवले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
Comments