प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापकलाई १६ हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको छ ।

काठमाडौंको गागलफेदीस्थित सिद्धि गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र  प्रधानाध्यापक बुद्धिविलास धिताल उक्त घुससहित पक्राउ परेका हुन् ।

उनीहरूले शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको टोली मंगलबार गागलफेदी पुगेको  थियो । 

उनीहरूले १६ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा गागलफेदी बसपार्कबाट अख्तियारको टोलीले पक्राउ गरेर हिरासतमा लिएको हो । 
 

Comments

Back to top