यी ५ उपाय जस्ले थोरै कमाइबाट धनी बनाउन सक्छ

धनी बन्ने चाहना सबैको हुन्छ। तर, त्यो त्यति सहज पनी हुँदैन। आफुले कमाएको सानो रकमको सहिरुपमा सदुपयोग गर्ने हो भने धनी बन्न सकिन्छ।

सहिसोच र अनुसासनका साथ काम गरे कम समयमा नै धनी बन्न सकिन्छ।

मासिक बजेट छुटाउनु
धनी बन्नको लागि मासिक बजेट छुट्टाउने गर्नु पर्छ । यसबाट नै तपाइलाईले थाहा पाउनुहुन्छ तपाईको मासिक कमाइ र खर्च कति हुन्छ । हरेक महिना कति बचत गर्ने भन्ने कुरा पनि क्लियर हुन्छ । यसो गर्नाले तपाई अनावस्यक खर्च गर्नबाट बच्नुहुने छ।

चाडै लगानी सुरु गर्नुस्
तपाई आफ्नो जीवनमा जति बचत गर्नुहुन्छ र त्यसलाई लगानी गर्न सुरु गर्नुहुन्छ त्यतीनै तपाईको धनी बन्ने सपनाको नजिक पुग्नुहुने छ। चाडै लगानी सुरु गर्नुभयो भने कम्पाउन्डीङको लागि धेरै समय मिल्ने छ। तर, जति ढिलो लगानी गर्यो कम्पाउन्डीङको लागि तपाईले समय पाउनुहुने छैन्। र, तपाइलाई आफ्नो लागि ठूलो फन्ड बनाउन उत्तिनै कठिनाइ हुने छ।

ऋणको कर्जाबाट बच्नुहोस्
आजभोलि क्रेडिट कार्ड र पर्सनल लोन सजिलै लिन सकिन्छ । यसका कारण मानिसहरु कयौँ पटक क्रेडिट कार्डमार्फत अनावश्यक किनमेल गर्ने गर्छन् । तर, पछि क्रेडिट कार्ड बिल पेमेन्ट गर्न समस्या पनि झेल्नु पर्ने हुन्छ।

यसरी सजिलै पाइने भएकाले मानिसहरु पर्सनल लोन लिएर पनि लग्जरी आवश्यत्ताहरु पुरा गर्ने गर्छन् । यस्ता खालका लोन लिएर अनावश्यक कुरामा खर्च गर्ने बानीका कारण तपाईको ‘फानान्सीयल प्लानिङ’ बेकार हुन सक्छ।

आपत स्थितिका लागि प्लानिङ गर्नुस्
आपतकालिन स्थितिहरुको लागि पहिलानै प्लानिङ गर्न आवश्यक हुन्छ । प्राय मानिसहरु सोच्ने गर्छन्, उनीहरु कुनै पनि आपतकालिन स्थितीको सामना गर्न सक्छन् । तर, यस्तो हुन सक्दैन् । मेडिकल इमरजेन्सी अथवा कुनै आपतको स्थितीमा मानिसहरुसँग कर्जा लिनुपर्ने हुन्छ । वा लगानी गरेको रकम निकाल्नु पर्ने हुन्छ । यस्तो अवस्थामा तपाईले पहिल नै इमरजेन्सी फन्ड बनाएको भए आपत स्थितीको सामना गर्न सजिलो हुने गर्छ। र, यसको असर तपाईको फाइनान्सीयल प्लानिङमा पर्ने छैन ।

लाइफ इन्सुरेन्स वा हेल्थ इन्सुरेनस किन्नुहोस्
तपाईले लाइफ र हेल्थ इन्सयोरेन्स किन्नु भएन भने कुनै आपत वा आफ्नो परिवारको खर्चलाई लिएर समस्यामा पर्न सक्नुहुने छ ।
खासगरी तपाईको परिवारमा कोही गम्भीर बिमारी हुन्छन् भने तपाई कर्जा लिन बाध्य बन्नुहुन्छ । अथवा आफ्नो लगानीको पैसा निकाल्नु पर्ने हुन सक्छ। त्यसैले यस्तोमा तपाईले लाइफ वा हेल्थ इन्स्योरेन्स गरेको भए त्यसको पैसा चलाउन सक्नुहुने छ । र तपाइले उक्त खर्चको लागि आफ्नो फाइनान्सीयत प्लानिङबाट खर्च निकाल्नु पर्दैन ।

Comments

Back to top