आईएससँग सम्बन्ध रहेको आरोपमा टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ

टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ परेका छन् । टर्कीको सुरक्षा निकायले विद्रोही समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध रहेको आरोपमा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

सरकारले चलाएको आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरू पक्राउ परेका त्यहाँको समाचार समिति अनादोलुलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आईएससँग सम्बन्ध रहेका अरु केहीको खोजी चलिरहेको छ । सन् २०१३ मा टर्कीले आईएसलाई आतङ्कवादी समूह घोषणा गरेको हो ।

ईस्लामिक स्टेट अलकायदाबाट अलग्गिएर बनेको एउटा सुन्नी सङ्गठन हो । यसले मुख्य गरी सिरियादेखि इराकका भागमा ठूलो सङ्गठन बनाएर गतिविधि गर्दै आएको छ ।

Comments

Back to top