भारतले खाेल्याे धौलीगंगा बाँध, महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह
भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ ।
बाँधका ढोका खाेलेपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेकाे छ।
आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि बाँध खाेलिएकाे जनाइएकाे छ।
भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएकाे थियाे।
भारत, उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर हुदै भारततर्फ बग्ने महाकाली नदीमा जलस्तर बढ्छ । त्यसबाट आसपासका क्षेत्रमा बाढी आउन सक्ने र डुबान हुनसक्ने भएकाले पूर्व सतर्कता अपनाउन आग्रह गरिएकाे छ।
Comments