आनन्दकुमार भट्टराई: शेयर बजारमा सफल हुन 'सकुनी' जस्तै हुनुपर्छ!
महाभारतमा युधिष्ठिर पासाको खेलमा पत्नी द्रौपदीलाई समेत हार्न पुगे । उनले हारे किनकी उनलाई खेल्न आउदैन थियो तर चुनौती अश्वीकार गर्न सक्ने अवस्था पनि थिएन ।
त्यहाँ युधिष्ठिरले जुवा खेलेका थिए, किनकी खेलको बारेमा पर्याप्त ज्ञान नभई खेल्नुलाई जुवा नै भनिन्छ र हार निश्चित हुन्छ ।
तर, उही खेलमा सकुनीले भने जुवा नभई खेल खेलिरहेका थिए । किनकी उनलाई खेलको बारेमा पुरा ज्ञान थियो र आफैमा पुरा विश्वास थियो की मनै जित्छु भनेर ।
शेयर बजारमा पनि जसले जानेर बुझेर बजारको सामान्य सिद्धान्त अनुसार लगानी गर्छ उ सफल र विजेता हुन्छ तर युधिष्ठिरले जस्तो खेल्न नजाने पनि अरुको लहै लहैमा जथाभावी लगानी गर्दै गयो भने त्यस्तो लगानीकर्तालाई डुब्नबाट कसैले बचाउन सक्दैन ।
ब्यवस्ठित लगानी योजनामा लगानी गर्ने कारणहरु
- थोरै रकमबाट लगानी शुरुवात गर्न सकिने
- अनुशासित रुपमा लगानी गर्ने बानी पर्नु
- खरिद गरिएको ईकाईको औसत मूल्य घटदै जानु
- लगानी रकमको सिमा तथा समय अन्तराल आफूले चाहे जस्तो परिवर्तन गर्न सकिने
- बचतलाई ब्यवस्थित गर्न सकिने
- बजारमा हुने उतार चढावबाट चिन्तित हुनु नपर्ने
- पुर्ण रुपमा सुरक्षित
- मार्केटको टाईमिङ्गबाट चिन्तित हुनु नपर्ने
- कम्पाउण्डिङ्गको फाईदा लिन सकिने
ब्यवस्ठित लगानी योजना कस्तो म्यूचुवल फण्डको ईकाईमा गर्ने
हाम्रो देशमा अहिले बन्दमुखी र खुलामुखी गरि दुई किसिमको म्यूचुवल फण्ड संचालनमा छन् । निश्चित अवधिको लागि संचालित म्यूचुवल फण्डलाई बन्दमुखी भनिन्छ भने निश्चित अवधि नतोकी निरन्तर संचालन भइरहने म्यूचुवल फण्डलाई खुलामुखी भनिन्छ ।
ब्यवस्ठित लगानी योजना लामो समयको लागि गरिने सुरक्षित लगानीको एउटा उत्तम विकल्प हो। त्यसैले, लामो अवधिको लागि संचालनमा रहने म्यूचुवल फण्डमा लगानी गर्नु उपयुक्त हुन्छ । बन्दमुखी म्यूचुवल फण्ड एउटा निश्चित अवधि ( ५/७/१० वर्ष) को लागि संचालनमा रहने हुनाले त्यस्ता म्यूचुवल फण्ड परिपक्व हुने बेलामा यदि बजार वियरिस ट्रेण्डमा भएमा म्यूचुवल फण्डले आफूसंग भएको शेयर घटेकै मूल्यमा विक्री गर्नु पर्ने बाध्यताले गर्दा लगानीकर्ताले आफ्नो लगानीको उपयुक्त प्रतिफल प्राप्त गर्न सक्दैनन् । त्यसैले, यस्तो बन्दमुखी योजनामा ब्यवस्ठित लगानी गर्नु उपयुक्त हुँदैन ।
अर्को तर्फ, खुलामुखी योजना निरन्तर चलि रहने हुनाले बजार वियरिस ट्रेण्डमा गएको बेलामा बन्द मुखी म्यूचुवल फण्डलाई जस्तै विक्री गर्नु पर्ने बाध्यता रहदैन अपितु यस्तो बेलामा न्याभ घटेको अवस्थामा रहने भएकोले लगानी गरिने निश्चित रकमले धेरै ईकाई खरिद गर्न सकिन्छ ।
Comments