काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाहाङ भन्छन, 'नडराउनुहोस'

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् । 

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन् । 

अदालतले आफुलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतबार साँझ टविट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन् । 

काठमाडौंका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेखेका थिए, 

‘आज एउटा विशेस दिन,

आजबाट म तारिखमा छु,

भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै,

प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आज बाट अपराधी ।’

त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिदैँ लेखे, 

‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’ 

Comments

Back to top