बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भएँ ?

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारिखमा रहेको उल्लेख गरेका हुन् । 

‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको,’ उनले लेखेका छन् ।

Comments

Back to top