रुस–युक्रेन युद्धको ५०० दिन : अझै युद्ध अन्त्यको कुनै आभास छैन
युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् ।
युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य शहरहरू निरन्तर खतरामा परेपनि आफ्नो पदीय दायित्व पूरा गर्न रूसी आक्रमणको प्रतिरोध गर्दै बिस्तारै अघि बढिरहेका छन् ।
जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रूसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न आक्रमण गरिरहेको छ । आक्रमणबाट क्षति बेहारेको रूसी सेनाले क्रूर प्रतिरोध गरिरहेको छ ।
Comments