बङ्गलादेशको रोहिङ्ग्या शिविरमा झडप हुँदा ६ जना शरणार्थीको मृत्यु
बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन त्यस बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
‘अराकान रोहिङ्ग्या साल्भेसन आर्मी’ (एआरएसए) र ‘रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेशन’ (आरएसओ) बीच शिविरमा सञ्चालित दुई प्रतिद्वन्द्वी विद्रोही समूहबीच भएको घातक भिडन्तको शृङ्खलामा यो हप्ताको हिंसा पछिल्लो घटना हो ।
शरणार्थी शिविरको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान सबेरै भएको सशस्त्र झडप (गोली हानाहान) मा पाँच जनाको ज्यान गएको छ । झडपपछि शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहमदका अनुसार शरणार्थी समुदायका नेता इबादुल्लाहको एआरएसए सदस्यहरूको हातबाट हत्या भएको केही घण्टापछि हिंसा भएको हो ।
Comments