पाकिस्तानको लाहोरमा मुसलधारे वर्षाका कारण १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र  करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ ।

पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ । भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले सडक र अन्डरपास डुबान हुँदा यातायात सेवासमेत प्रभावित भएको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

Back to top