बायजु रविद्रन: पुस्तक पढाउने ‘बायजु एप’ बन्यो ५९००० करोडको!
विश्वमा यस्ता मानिसहरु छन जसले आफ्नो सोचमा विश्वास गरेर जीवन सुम्पिएका छन र छोटो समयमा नाम र दाम दुबै कमाउन सफल पनि भएका छन् । शिक्षालाई केन्द्रमा राखेर प्रविधिको उच्चतम प्रयोग गरी धेरैभन्दा धेरै विद्यार्थीमा पुर्याएकै भरमा आज उनी भारतमा मात्रै होइन विश्वमा पनि चर्चित बनेका छन् । उनी हुन बायजु रविद्रन ।
शिक्षाको पहुँच सबै भारत भरीमा एक साथ पुर्याउने उद्देश्यले सुरु भएको यो एपको नाम हो ‘बायजु एप’ । संस्थापक बायजु रविन्द्रनको नामबाट राखिएको यो मोबाइल एपमार्फत भारतमा धेरैले लाभ लिइरहेका छन् ।
बैंग्लोर रहेको यो कम्पनीको जग सन् २०११ मा सुरु भएको थियो । सुरुवाती समयमा निकै कम मानिसहरुको पहुँच र क्षेत्रमा मात्रै सीमित यो एप अहिले विश्वको सबैभन्दा ठूलोमध्येको एक शिक्षा कम्पनी बनेको छ ।
एक जना मिहनेती र जेहेन्दार विद्यार्थीबाट सुरु भएको यो एपसँग अहिले ३२०० मानिसहरु जोडिएका छन् । जसमध्ये आधा जति महिलाहरुले प्रत्यक्ष रुपमा लाभ लिइरहेका छन भने यसलाई कसरी राम्रो बनाउनेभन्नेमा काम गरिरहेको छन् ।
निश्चित रकम अनलाइनबाट खर्चेर जुन बेला मन लाग्यो, त्यही बेला पढ्न पाइने भएकाले विद्यार्थी र अभिभावकका लागि पनि निकै सहयोगी बन्यो । न कुनै समयको पाबन्धी न कुनै शिक्षक अनुशासनमा बस्नुपर्ने । विद्यार्थीलाईं जति बेला मन लाग्यो त्यतिबेला नै पढ्न पाउँदा यसको लोकप्रियता बैंग्लोरबाट सुरु भइ पूरा भारतमा फैलियो ।
भारतको कन्नौरमा संयुक्त परिवारमा जन्मिएका रविन्द्रन बाल्यअवस्थामा पढाइमा भन्दा बढी फूटबल र क्रिकेटमा रुचि राख्थे । खेलका लागि कैयन पटक उनले कक्षा बंक समेत गर्दथे । तर उनका माता पिता दुबै जना शिक्षक भइकन पनि उनीमाथि कहिल्यै पढ्नका लागि कर भने गरेनन् ।
मलयालम स्कुलबाट पढाइ पूरा गर्र्दा उनी गणितमा अब्बल मानिन्थे । अंग्रेजी भाषा भने क्रिकेट खेलको कमेन्ट्रि सुनेरै सिकेका थिए ।
यो मोबाइल एपको लोकप्रियता देखेर लगानीकर्ताहरुले उनलाई अप्रोज गर्न थाले । लगानीकर्ता आइसकेपछि कम्पनीले चमत्कारिक सफलताको उचाइ छुन थाल्यो । सन् २०१७ मा कम्पनीको रेभिन्यू ४ सय करोडभन्दा बढी थियो भने सन् २०१८ मा साढे ८ सय करोडमा पुग्यो । सन् २०१९ मा आइपुग्दा कम्पनीको सम्पत्ति ५९ हजार करोड पुगेको छ ।
अहिले उनको मासिक आम्दानी १०० करोडभन्दा बढी छ ।
बायजु यसरी लोकप्रियता पाउनुमा बलियो मार्केटिङ पनि हो । शाहरुख खान जस्ता सेलिब्रेटीलाई ब्राण्ड एम्ब्यास्डर पनि ल्याए । मार्केटिङ अभिभावकमा नभइ विद्यार्थीमा फोकस गरे ।
अब्बल शिक्षकहरुलाई कम्पनीमा जोडे, पढाइलाई प्रभाकारी बनाए जसका कारण उनको लोकप्रियता ह्वात्तै बढ्यो ।
\
Comments