आफनो आणविक प्लान्टमा रुसले विस्फोटक पदार्थ राखेकाे युक्रेनकाे आरोप, रूसकाे खण्डन

युक्रेनले आफ्नो जापोरिज्ज्या आणविक प्लान्ट ध्वस्त पार्ने योजना रूसले बनाएको आरोप लगाएको छ । युक्रेनले रुसले आणविक प्लान्टको छतमा खानी र विस्फोटक पदार्थ राखेको बताएको छ ।

यी आरोपहरू पछि संयुक्त राष्ट्रको आणविक ऊर्जा एजेन्सी अर्थात IAEA ले रुसले कब्जा गरेको युक्रेनको जापोरिझिया आणविक ऊर्जा प्लान्टको अनुसन्धान गर्ने बताएको छ। यसका लागि आईएईएले बुधबार रसियासँग आणविक संयन्त्रको जाँच गर्न थप पहुँचको माग गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले गत महिना काखोभका बाँध ध्वस्त गरेको बताएका थिए । उनका अनुसार अब रूस अहिले आणविक संयन्त्रलाई ध्वस्त पार्ने तयारी गरिरहेको छ । युक्रेनले पनि आक्रमणको डरका बीच गत हप्ता प्लान्ट वरपरका क्षेत्रमा ड्रिल गरेको थियो।

तर, रुसले जेलेन्स्कीका यी आरोपहरूलाई आधारहीन भनेको छ । रुसको आणविक कम्पनीका सल्लाहकार रेनाट कार्चाले प्लान्टमा विस्फोटक पदार्थ राख्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । तनाव बढाउन युक्रेनले यस्ता आधारहीन आरोप लगाएको छ । उनले भनेका छन् कि युक्रेनको सेनाले जुलाई ५ को रातमा परमाणु संयंत्रमा आक्रमण गर्ने तयारी गरिरहेको थियो। उनले यसका लागि रुसलाई दोष दिन चाहन्थे।

 

 

Comments

Back to top