वाग्नर प्रमुख प्रिगोजिन अझै रूसमै रहेका छन् : बेलारूसी राष्ट्रपति लुकासेन्को
वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको र बेलारूसमा कुनै पनि लडाकू समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको बेलारूसी शीर्षस्थ अधिकारीले बताएका छन् ।
बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भने, “जहाँसम्म प्रिगोजिनको कुरा छ, उनी सेन्ट पिटर्सबर्गमा छन् । उनी बेलारूसमा छैनन् ।” मिन्स्कस्थित प्रेसिडेन्ट बिल्डिङ अफ इन्डिपेन्डेन्समा साढे तीन घण्टालामो गोलमेच वार्तामा उनले एएफपीलगायत अन्तर्राष्ट्रिय र बेलारूसका पत्रकारसँग कुराकानी गरेका थिए ।
लुकाशेन्कोले प्रिगोजिन स्वतन्त्र व्यक्ति हुन् भन्ने कुरा आफूलाई ‘निश्चित रूपमा’ थाहा भएको बताउँदै भने, “मैले हिजो उनीसँग फोनमा कुरा गरेको थिएँ ।” क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारूस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले बेलारूसमा शिविर स्थापना नगरेको पनि उनले बताए।
“अहिले उनीहरूको स्थानान्तरण र व्यवस्थापनको प्रक्रिया तय भएको छैन”, लुकाशेन्कोले भने, “यो निर्णय उनको होइन, मस्कोको हो ।”
Comments