३० वर्षको सक्रिय बैंकिङ छाडेर निष्कलंक छवि बनाउँदै बिदा भएको एउटा सफल र अनुभबी बैंकर
नविल बैंक आफैंमा अग्रणी र अब्बल बैंक हो । यसको नेतृत्व गर्ने अध्यक्ष र सीइओ पनि अब्बल नै छन् । उपेन्द्र पौडेल र अनिल शाहको क्यामेष्ट्रीले बैंकलाई अझ बढी शशक्त बनाउने लगानीकर्ताहरुको विश्वास छ ।
अध्यक्षकारुपमा पौडेललाई स्वागत गर्दै सीइओ शाहले भनेका छन्, ‘हामीलाई विश्वास छ कि उपेन्द्रजीको नेतृत्वमा नविल बैंकले आगामी वर्षहरुमा अभूतपूर्व सफलता प्राप्त गर्नेछ ।’
ग्रिनलेजमै रहँदा पनि शाहभन्दा पौडेल सिनियर थिए ।
नविल बैंक आफैंमा अग्रणी र अब्बल बैंक हो । यसको नेतृत्व गर्ने अध्यक्ष र सीइओ पनि अब्बल नै छन् । उपेन्द्र पौडेल र अनिल शाहको क्यामेष्ट्रीले बैंकलाई अझ बढी शशक्त बनाउने लगानीकर्ताहरुको विश्वास छ ।
अध्यक्षकारुपमा पौडेललाई स्वागत गर्दै सीइओ शाहले भनेका छन्, ‘हामीलाई विश्वास छ कि उपेन्द्रजीको नेतृत्वमा नविल बैंकले आगामी वर्षहरुमा अभूतपूर्व सफलता प्राप्त गर्नेछ ।’
पौडेलको बैंकिङ करियर सन् १९८६ मा तत्कालीन ग्रिनलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बाट सुरु भएको हो । त्यसबेला उनको तलब महिनाको २८ सय रुपैयाँ पुगिसकेको थियो । उनले ग्रिनलेजमा १४ वर्ष अर्थात् सन् २००० सम्म काम गरे । ग्रिनलेजमै रहँदा पनि शाहभन्दा पौडेल सिनियर थिए ।
उनले फाइनान्सका सबै वित्तीय सूचकांकहरु हेरेर विश्लेषण गर्दा कम्पनीको अवस्था चित्तबुझ्दो पाए । अनि ग्रिनलेजको जागिर छाडेर नेपाल मर्चेन्ट फाइनान्सको सीइओ बने ।
सन् २००८ मा फाइनान्स स्तरोन्नति भए एनएमबि बैंक बन्यो ।
उनी प्रवेश गर्दा फाइनान्सको चुक्ता पुँजी ७ करोड थियो । उनले छाड्दा बैंकको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ पुगेको थियो । लगानीकर्ताको पुँजी पनि राम्रैसँग बढाइदिए उपेन्द्रले ।
बैंकहरुले पूर्वाधार, साना तथा मझौला व्यवसाय र उर्जामा लगानी बढाउनुपर्ने उनको धारणा छ ।
Comments