आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन, अब राजस्व अनलाइनबाटै
यातायात व्यवस्था कार्यालयहरुमा लाग्ने गरेको भीड र विचौलिया प्रवृत्ति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ ।
बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवा सुरु गरे । अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाईं, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए ।
अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन मात्र जानुपर्नेछ । ‘स्वास्थ्य परीक्षणपनि यातायात ब्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौँ’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने ।
नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन् । उनीहरु अब नवीकरण र वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नवीकरण पनि पाँच/पाँच बर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुँदै छ ।
नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन । ‘त्यसका लागि मोवाइल नम्वरमा एसएमएस आउने व्यवस्था गर्दैछौं,’ महानिर्देशक भने।
Comments