साउदी अरबले दिँदैछ वर्षको ठूलो सामूहिक मृत्युदण्ड

साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।

आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामुहिक फाँसी दिइन लागिएको हो । 

मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए। 

मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसकाकारण यो सामुहिक मृत्युदण्ड पनि सामुहिक रुपमा टाउको काटेर दिइने अनुमान गरिएको छ । 

यससँगै साउदी अरेबियामा यस वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय पाएको कुल संख्या ६८ पुगेको छ । प्रतिवेदनले आतंकवादसँग सम्बन्धित अपराधका लागि मेको सुरुदेखि २० भन्दा बढी मृत्युदण्ड दिइएको दाबी गरेको छ।

 

Comments

Back to top