उच्च प्रोटिन र सुविधाजनक खाद्य पदार्थको कारण किराको माग बढ्दो !

 

अनौठो मान्नुपर्छ, हामीलाई जुन किरा-फट्याङ्ग्रा देखेर वान्ता आउँछ, अहिले कतिपय खाद्य बजारमा त्यही कुरा देखेर उपभोक्ताहरुको मुखमा पानी आउँछ ।

हामीलाई किरा देख्दा वान्ता हुन्छ तर लाखौ व्यक्ति त्यसलाई चपाएर खान्छन् । कतिपयका लागि यो करोडौंको कारोबार पनि हो ।

यी किरा-फट्यांग्रा प्रोटिनले भरिपूर्ण छन् र बीफ वा पोल्ट्रीको तुलनामा कम संसाधानमै पालन गर्न सकिन्छ ।

यदि मानिसले यी किरा फट्यांग्रा देख्दा घिनाउन बन्द गरे र खान थाले भने किरा खाद्य र कृषि क्षेत्रको ठूलो कारोबार बन्न सक्छ । पश्चिमी देशका मानिसहरुले किरा फट्यांग्रालाई सम्पूर्ण प्रोटिनको स्थायी स्रोतको रुपमा हेर्न थालेका छन् । यी साना किरामा पशुपंक्षीको प्रोटिन जस्तै अमिनो एसिड हुन्छ, जो मानव आहारका लागि आवश्यक हुन्छ ।

यद्यपी यो पौष्टिकताको विषय मात्र होइन, कीटपालन पर्यावरणका लागि पनि अनुकूल हुन्छ । यदि खान लायक किरालाई ठूलो मात्रामा पाल्ने हो भने पशुबाट मिल्ने प्रोटीन बराबर प्रोटिन प्राप्त गर्न सकिनेछ । यसका लागि बीफ, पोर्क वा पोल्ट्री उत्पादनभन्दा एकदमै कम प्राकृतिक संसाधन लाग्छ । साथै ग्रीनहाउस ग्यासको उत्सर्जन पनि कम हुनेछ । यसले पर्यावरणमा राम्रो प्रभाव पार्नेछ ।

कृषि क्षेत्रमा यसले ठूलो परिवर्तन ल्याउनेछ । किनभने यसका लागि ठूलो क्षेत्रफलको जमिन, अत्याधिक पानीको खपत हुँदैन ।

अमेरिकी ग्लोबल मार्केट इनसाइट्सको रिपोर्ट अनुसार उच्च प्रोटिन र सुविधाजनक खाद्य पदार्थको बढ्दो मागको कारण खान लायक किराको बजार सन् २०१७ को ५ दशमलव ५ करोड डरलबाट बढेर सन् २०२४ मा ७१ करोड डलर हुनेछ ।

किरामा पनि फट्यांग्रा सबैभन्दा लोकपि्रय हुनेछ । यसको प्रयोग आटा र स्न्याक्समा हुनेछ ।

यसबाट के संभावना देखाएको छ भने, किटपालनको क्षेत्रमा क्रान्ति आउनसक्छ । यो कृषि क्षेत्रको एक अहंम हिस्सा पनि हो ।

किटपालनले एकदमै पौष्टिक चारोको अभाव पनि पूर्ति गर्नेछ । अन्य किसिमको चारोको तुलनामा किरा पालन एकदम सस्तो हुनेछ । र, त्यसका लागि आवश्यक संसाधन पनि कम लाग्नेछ ।

यस उद्योगको संभावनालाई देखेर अमेरिकाले एक नयाँ व्यापारिक संगठन द अमेरिकन कोलिशन फर इन्सेक्ट एगि्रकल्चरले एपफडिए र युएसडिएमा लबिङ पनि सुरु गरेको छ । यो संगठन चाहन्छ कि, किरालाई खाद्य पदार्थको रुपमा मान्यता मिलोस् । र, यसको उत्पादनको मानक तय होस् ।

यूरोपियन संघमा सन् २०१८ को नोवेल फूड रुल्स्ले मुख्यधारको खाद्य प्रशोधनमा किरालाई सामेल गर्नका लागि एक कानुनी ढाँचा बनाउन सुरु गरिसकेको छ ।

थाइल्यान्डको अभ्यास

विश्वका कतिपय भेगमा अहिले किरा फट्यांग्रा खान थालिएको छ । किराको अनेकन परिकार बनाउन थालिएको छ । ति भेगका लागि यो कुनै आश्चर्य वा नौलो कुरा रहेन ।

संयुक्त राष्ट्रसंघका खाद्य एवं कृषि संगठन (एफएओ)को अनुमान छ कि, विश्वभरमा करिब दुई अर्ब मानिसले आफ्नो खानामा नियमित रुपले किरा फट्यांग्रा सामेल गरिरहेका छन् ।

किरा खाने सन्दर्भमा थाइल्यान्ड एशियाको प्रमूख केन्द्र हो ।

थाइल्यान्डको चामल उत्पादक उत्तर-पूर्वी क्षेत्रबाट किरा खाने परम्परा सुरु भएको थियो । त्यहाँ रैथाने व्यान्जनमा किरालाई साइड डिशको रुपमा पस्किने गरिन्थ्यो ।

अहिलेसम्म पश्चिमी देशका केही उत्सुक पर्यटकले पनि यी व्यन्जन चाख्ने गरेका छन् । अहिले थाइल्यान्डले पश्चिमी देशमा खान लायक किरा निर्यात गर्ने तयारी गरिरहेको छ ।

सन् २०१७ मा थाइल्यान्डको फट्यांग्रा पालनको दिशानिर्देश तय गरेको छ, ताकि त्यसको सुरक्षित र कुशल उत्पादन हुन सकोस् ।

थाइल्यान्डका अधिकांश कीट फार्म साना छन्, तर शोधकर्ता र लगानीकर्ताले त्यसको उत्पादन बढाउने उपाय खोजिरहेका छन् ।

चियांग माईमा सन् २०१६ मा स्थापित फट्यांग्रा ल्याबमा स्वचालित प्रकियामाथि शोध भइरहेको छ । उक्त फार्मका सह संचालकले बताए अनुसार त्यहाँ आहिले हरेक महिना ३ दशमलव ५ टन किट उत्पादन क्षमता छ । अब माग बढ्ने प्रतिक्षा छ ।

सबैको लागि फाइदाजनक

एफएओले किराले भोजनको आवश्यक्ता पुरा गर्ने र कुपोषणबाट मुक्ति दिलाउने उपायको रुपमा व्याख्या गरेको छ । अहिले पश्चिमा मुलुकमा किरा पालन गर्ने उन्नत विधीको खोजी भइरहेको छ । यसलाई किसानहरुले कुखुरा पाले जसरी पालोस् भन्नका खातिर किरा पालन विधीको अनेक प्रयोग र अभ्यास भइरहेको छ ।

भविष्यको खाना

के अब भविष्यमा किरा, फट्यांग्रालाई मूख्य भोजनको रुपमा स्विकार गरिनेछ ?

अहिले जुन रुपमा यसको अभ्यास र प्रयोग भइरहेको छ, त्यसलाई हर्दा यो प्रश्नको उत्तर ‘हो’ भन्ने आउन सक्छ । अहिले विश्वका कतिपय बजारमा किरा पस्कन थालिएको छ । किरा पाल्ने क्रम पनि सुरु भएको छ । यसका उपभोक्ता बढ्दैछन् । बैंककमा एक रेष्टुरेन्ट खोलिएको थियो, जहाँ त्यसका संचालकले घरेलु बगानबाट किरा पालेर त्यसको भोजन सेवन गराउँथे ।

नेदरल्यान्डको सुपरमार्केटमा इन्सेक्ट बर्गर पाउन थालिएको छ ।

एजेन्सी

Comments

Back to top