जापानको टोकियोमा विष्फोट, ४ जना घाइते

जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विष्फोटमा परी चार जना घाइते भएका छन् । 

स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठ तले भवनमा विष्फोटपछि आगलागी भएको थियो ।

घटनास्थल टोकियोको प्रमुख इन्टरचेन्ज रेलवे स्टेसनहरू मध्ये एक र गिन्जा किनमेल क्षेत्रबाट केवल १० मिनेटको पैदल दूरीमा धेरै कार्यालय, रेस्टुरेन्ट र आवासीय क्षेत्र रहेको शिम्बाशी स्टेशनको ३०० मीटर पश्चिममा पर्छ । 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 

Comments

Back to top