गुजरातमा अविरल वर्षाका कारण १२ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ  । प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका छन्।

लगातारको वर्षाका कारण गुजरातमा नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहँदा  स्थानीयहरूमा त्रास बढेको छ ।  

राज्यको दयनीय अवस्थालाई ध्यानमा राख्दै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बाढी प्रभावित क्षेत्रहरूमा विशेष गरी राज्यको जामनगर, जुनागढ र कच्छ जिल्लाहरूमा भइरहेको राहत र उद्धार कार्यमा निरन्तर निगरानी  बढाएका छन् । स्थानीय प्रशासनका अधिकारीहरूलाई तल्लो क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न लागिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

हिमाचल प्रदेश र उत्तराखण्ड राज्यहरू बाढीबाट बढी प्रभावित छन् । 

Comments

Back to top