फ्रान्सको हिंसा बेल्जियम पुग्यो, फ्रान्सेली राष्ट्रपतिको जर्मन भ्रमण स्थगित

फ्रान्समा १७ वर्षीय बालक नाहेलको हत्याको पाँचौ दिनसम्म पनि हिंसा जारी छ । 

जसका कारण राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो जर्मनी भ्रमण स्थगित गरेका छन् । उनले जर्मन राष्ट्रपति फ्रान्क(वाल्टर स्टाइनमेयर)सँग कुरा गरेपछि आफ्नो भ्रमण स्थगित भएको घोषणा गरे। उनी आइतबारदेखि तीन दिने जर्मनी भ्रमणमा जाँदै थिए । 

अर्कोतर्फ फ्रान्समा फैलिएको हिंसा बेल्जियमसम्म पुगेको छ। त्यहाँ भएका हिंसाहरूको तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा देखिन थालेका छन्। 

राष्ट्रपति इमानुएल म्याक्रोनले बेलायती गायक एल्टन जोनको कन्सर्टको मजा लिइरहेको भिडियो सार्वजनिक भए पछि उनको ब्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसलाई राष्ट्रपतिको गैरजिम्मेवारपूर्ण व्यवहार भनेका छन् । सीएनएनका अनुसार बुधवार पेरिसमा एल्टनको कन्सर्ट थियो। म्याक्रोन त्यहाँ आफ्नी पत्नीसँग देखा परेका थिए। 

एल्टनका पतिले म्याक्रोनसँग स्टेज पछाडि खिचिएको फोटो पनि पोस्ट गरे पछि राष्ट्रपतिको ब्यापक आलोचना सुरू भएको हो । 

  

Comments

Back to top