१५० रूपैयाँमा नितीनले पिलाउँदै इजिप्टकाे चिया "हबीबी चाय"
काठमाडाैंकाे दरबार व्यांक्वेटमा एक भोज आयोजना गरिएको थियो । सो भोजमा एक स्टल देखिन्थ्यो । अरबीक पहिरनमा सजिएका तीन जना चिया पकाउन व्यस्त देखिन्थे । केहिले आगन्तुकलाई चिया दिइरहेका थिए ।
सोहि क्रममा चियाको चुस्की लिइरहेका एक वृद्धले भने, "चिया खान थालेको यतिका वर्ष भयो, यतिको मिठो चियो मैले खाएको थिएन ।" यी वृद्धले पिएको चिया थियो 'हबीबी चाय'।
प्राय नेपालीहरु चियाका पारखी हुन्छन् । चिया मन पराउनेहरुका लागि नै शहर बजारमा विभिन्न स्वादका र नामका चिया खुवाउने रेष्टुरेण्ट खुलिरहेका छन् । यिनै चियाको चुस्कीमा रमाउनेहरुलाई नयाँ स्वाद पिलाउन "हबीबी चाय" नेपाली बजारमा आएको छ ।
हबीबी चाय इजिप्टको चियाबाट प्रभावित भएर बनाइने चिया हो । नितिन कोइरालाले इटलीको चिया नेपालमा ल्याउने परिकल्पना गरेका हुन् । यो सँगै टर्कीको कफी पनि नेपालमा पहिलो पटक आफूले नै ल्याएको कोइराला दाबी गर्छन्।
२०१७ मा नेपाल फर्केपछि उनले पहिलो रेष्टुरेण्ट हात्तिसारमा गोसिप क्याफे खोले । भनिमण्डलस्थित नेल्पा रेष्टुरेण्ट पनि कोइराला परिवारकै हो ।
रेष्टुरेण्ट संचालन मै व्यस्त नितिनलाई नेपालमा केहि नयाँ पस्किने इच्छा थियो । "अन्य रेष्टुरेण्टका प्राय उस्तै मेनु हुन्छ तर यो पटक मैले केहि एक कुरामा फाइन ट्युनिङ दिनुपर्छ भन्ने लाग्यो," चिया मात्र नभएर मिठो चिया दिउँ न नितिनले इच्छा व्यक्त गरे ।
"नेपालमा चियाको परम्परा हुर्किरहेको छ । सोहि क्रममा धेरै नेपाली चिया रेष्टुरेण्ट खुलेको छ । त्यो अत्यन्त राम्रो हो । तर मलाई केहि फरक गर्न मन थियो । म धेरै विदेशमा बसेको, त्यो पनि मध्य पूर्वी देशहरुमा । त्यसैले त्यहिँको चियाको स्वाद दिउँ न भनेर हबीबी चाय खोल्ने निधों गरेँ," उनी सम्झिन्छन् ।
पछिल्लाे समयकाे भाइरल शब्द हो "हबीबी"। अरबीक शब्द हबीबीको अर्थ प्रिय साथी वा प्रेमी प्रेमिका हो भने "चाय"काे अर्थ चिया । यहिँ चियालाई अरबिक नाम दिएर अरबिक स्टाइलमा नै चिया बनाएर पस्किएकाे नितिनकाे भनाइ छ । १४ वर्षसम्म विश्वका विभिन्न स्थानबाट जम्मा गरेका प्राचीनकालका कलात्मक सामाग्रीहरु पनि उनले चियाका साथमा सजाउने गरेका छन् । टर्कीको टेलिफोन,जोर्डन, अफ्रिका, घानाका अन्य मूर्तिदेखि सामान उनले प्रस्तुत गर्दछन् ।
त्यसबाहेक हबीबीको चिया भोजभतेरमा मात्र लिन सकिन्छ । अन्य विशेष समारोह र पार्टीमा पनि माग भएको खण्डमा हबीबी चायको कोइरालाले स्टल राख्ने गरेका छन् । यद्यपी यसको कुनै पसल छैन । हबीबीकाे चिया पिउन चाहनेका लागि कुनै ठाउँ किन नलिनुभएको भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, "हाम्रो कुनै फिजिकल स्टोर छैन ।
Comments