कार चालकको प्रहरीले हत्या गरेपछि फ्रान्समा भडकियो हिंसा रोकिएन, १५० पक्राउ
फ्रान्समा गत मंगलबार देखि भडकिएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन ।
गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरे पछि फ्रान्समा दंगा भडकिएको हो । गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
सो घटनापछि फ्रान्समा हिंसा जारी छ । बुधबारदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले धेरै भवन र कारमा आगजनी गरेका छन् र प्रहरीमाथि घरेलु बमसमेत प्रहार गरेका छन । फ्रान्सको आन्तरिक मन्त्रालयले सडकमा २ हजार प्रहरी तैनाथ गरेको छ । अहिलेसम्म १५० प्रदर्शनकारी पक्राउ परेका छन् ।
फ्रान्सका सांसदहरूले बुधबार राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका थिए । प्रधानमन्त्री एलिजाबेथ बोर्नले भनिन्, ‘गोलीबारीको यो घटना स्पष्ट रूपमा नियमको उल्लङ्घन हो।’
पीडित परिवारले घटनामा संलग्न अधिकारीविरुद्ध ज्यान मार्ने, सहयोग र दुर्व्यवहार गरेको आरोपमा उजुरी दिएका छन् ।
Comments