डिजाइनमा फोकस गरेर दिग्गज कम्पनीलाई पराजित गरेकाे टाइटन
१९६० देखि ८० को दशक घडीका लागी परिचित थियो। यो एक समय थियो जब मानिसहरूले आफ्नो मनपर्ने घडीको लागि कुर्नुपर्थ्यो। बुकिङ महिनौं अगावै गर्नुपर्थ्याे र बजार त्यो समयको विशाल कम्पनी, एचएमटीले ओगटेको थियो।
टाइटनको सुरुवात अनिल मनचन्द र जेरेक्स देसाईले गरेका थिए। उनीहरूले मिलेर तमिलनाडु सरकारसँग साझेदारी गरे र कम्पनीको आधारशिला राखेका थिए। दुबै टाटा ग्रुपमा काम गर्थे। अनिल टाटा प्रेसमा काम गर्थे। उनले नाडी घडी बनाउने जिम्मा जेरेक्स देसाईलाई दिएका थिए। प्रारम्भिक चरणमा कम्पनीका लागि आफूले चाहेअनुसारका काम पाउन सकेनन्। पछि उनले तमिलनाडुको होसुरमा कारखाना सुरु गरे। १५ एकड जग्गामा सन् १९८७ मा कारखाना सुरु भएको थियो। नाम राखियो टाइटन, टाटा इंडस्ट्रीज र तमिलनाडुको लागि छोटो नाम।
सन् १९७० देखि नै भारतमा क्वार्ट्ज घडीहरू बन्न थालेको थियो, तर तिनीहरूको मूल्य यति धेरै थियो कि सर्वसाधारणले किन्ने साहस गर्न सक्दैनथे। एचएमटीले मेकानिकल घडीहरूमा ध्यान केन्द्रित गर्न सुरु ग¥यो, तर डिजाइनमा धेरै काम गरेन। टाइटन एक कदम अगाडि बढ्यो। घडीलाई सुन्दर बनाउने काम सुरु गरियो। ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै, अन्य ब्रान्डहरूसँग मिलेर काम गर्न थाले।
टाइटनले नाडी घडीको व्यवसाय सुरु गरे पनि पछि गहना, परफ्युम, फेसन, ड्रेस वेयर र आई केयर क्षेत्रमा पनि आफ्नो स्थान बनायो। यद्यपि टाइटनको पहिचान यसको घडी, गहना र चश्माले बनाएको थियो। हाल टाइटनसँग १९ वटा ब्राण्ड छन्।
सेप्टेम्बर २००४ मा, टाइटन स्टक बजारमा सूचीकृत भएको थियो। एक प्रतिवेदन अनुसार त्यसयता कम्पनीले लगानीकर्तालाई ८ सय ४५ गुणासम्म नाफा दिएको छ। विगत २ दशकमा कम्पनीको स्टक ३ रुपियाँबाट बढेर २ हजार ५०० रुपियाँसम्म पुगेको छ।
तर, यस अवधिमा कम्पनीको शेयरमा विभाजन पनि भएको थियो। तमिलनाडु सरकारले टिडकोमार्फत टाइटनमा २७.९ प्रतिशतको अधिकतम हिस्सेदारी राख्छ। यसपछि यसमा टाटा सन्सको २१.४ प्रतिशत शेयर छ। योसँगै राकेश झुनझुनवालाको कुल सम्पत्तिमा टाइटन शेयरको सबैभन्दा बढी योगदान छ।
हाल टाइटनले हरेक वर्ष १.६ करोड घडीहरू बनाउँदै आएको छ। विश्वका ३२ देशहरूमा टाइटनका ग्राहकहरू छन् र यो पाँचौं ठूलो इन्टिग्रेडेड कम्पनी हो। कम्पनीका २ हजारभन्दा बढी रिटेल स्टोर छन् भने ७ हजार कर्मचारी आबद्ध छन्।
Comments