साउदी अरबमा गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।

बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ।

बुधबार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएर गोली चलाउँदा उक्त घटना भएको समाचारमा उल्लेख छ । सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा उनले गोली चलाएका थिए ।

मृत्यु हुने नेपाली सुरक्षा गार्ड रहेको तर पहिचान भइनसकेको समाचारमा उल्लेख छ ।

Comments

Back to top