ट्रम्पले गोप्य दस्तावेजको बारेमा छलफल गरेको श्रव्य सामग्री सार्वजनिक
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ ।
सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ ।
सन् २०२१ को जुलाईमा न्यूजर्सीस्थित बेडमिनिस्टरस्थित गल्फ क्लबमा ट्रम्पले आफ्ना पूर्व चिफ अफ स्टाफ मार्क मिडोजको संस्मरणमा काम गरिरहेका व्यक्तिहरूका लागि दिएको अन्तर्वार्ताबाट यस बिषयमा दुई मिनेटको रेकर्डिङ सार्वजनिक भएको हो ।
विशेष वकिल ज्याक स्मिथले पदबाट हटेपछि गोप्य दस्तावेजको दुरुपयोग गरेको आरोपमा ट्रम्पमाथि ४९ पृष्ठ लामो अभियोग पत्रमा उक्त रेकर्डिङको ट्रान्सक्रिप्टको केही अंशलाई प्रमाणका रूपमा उद्धृत गरिएको छ ।
Comments