तुलसीदेखि बेसारसम्म हुन्छन् क्यान्सर प्रतिरोधी !
हाम्रो भान्साकोठामा नै धेरै खानेकुराहरु छन्, जसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । के हुन् त ती खानेकुरा ?
तुलसी
तुलसीलाई ‘क्यान्सर किलर’ भने पनि हुन्छ । तुलसीको नियमित सेवनले शरीरका अनेक रोगहरु समाप्त हुँछन् । हरेक दिन तुलसीको २ वा ३ पत्ता खाने गर्नुस । यसबाट क्यान्सर त के ज्वरो पनि आउँदैन ।
बेसार
बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । हाम्रो खानपिनमा बेसारको विशेष स्थान हुन्छ । यसको प्रयोग शुभ कार्यमा पनि गरिन्छ । त्यसैले यसको नियमित सेवन गर्नुस । बेसारको नियमित सेवनले क्यान्सरलाई छेउछाउ आउन दिँदैन ।
नीम
नीमलाई आयुर्वेदमा सर्वरोग नाशक भनिएको छ । नीममा क्यान्सरसँग लड्ने शक्ति पनि हुन्छ । क्यान्सरको रोगीले यदि दैनिक नीमको ८ देखि १० पत्ता खुवाउने हो भने उसको स्वास्थ्यमा चाँडै सुधार देखिन थाल्छ ।
ग्रीन टी
एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण ग्रीन टीले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टि मूख्य मानिन्छ ।
दही
दहीले आन्द्रामा हुने क्यान्सरबाट बचाउँछ । दहीमा हुने ब्याक्टेरिया क्यान्सरबाट लड्न सहयोगी हुन्छ । यसले शरीरमा क्यान्सर बढ्नबाट रोक्छ ।
नरिवल पानी
नरिवल पानीको सेवनले आन्द्रा र कलेजोको क्यान्सरमा फाइदा मिल्छ । साथै यसले क्यान्सरको सम्भावनालाई पनि घटाउँछ । त्यसैले नियमितरुपमा नरिवल पानीको सेवन गर्नुस ।
बेल
बेलको जुस पनि क्यान्सर रोक्न प्रभावकारी हुन्छ । यसको सेवनले ब्लड क्यान्सर र हड्डीको क्यान्सरको प्रभाव कम भएर जान्छ ।
गाजर
गाजरको सेवन स्वास्थ्यका लागि जति फाइदाजनक छ । क्यान्सरको रोकथामका लागि पनि त्यत्तिकै असरदार छ । गाजललाई सलादको रुपमा खाए पनि हुन्छ, जुस बनाएर पिए पनि हुन्छ ।
लसुन
क्यान्सरको रोगहरुका लागि लसुन एउटा औखति जस्तै हो । क्यान्सरका रोगीहरुलाई यदि लसुन पिसेर पानीमा घोलेर खुवाइयो भने यसबाट क्यान्सर भएकाहरुलाई औधि फाइदा पुग्छ । क्यान्सरबाट बच्नका लागि लसुनको पानी जसले पिए पनि हुन्छ ।
टमाटर
टमाटरमा हुन प्रोटिनले शरीरमा क्यान्सरको प्रभावबाट हुने खतराहरु कम गर्छ । त्यसैले आफ्नो दैनिक खुराकमा टमाटरलाई समावेश गर्न बिर्सनु हुन्न ।
चुकन्दर
चुकन्दरको आधा कप जूस दिनमा २ देखि ३ पटक पिउँदा क्यान्सर प्रारम्भिक लक्षणमै रोकिन्छ ।
कागति
कागतिको रस क्यान्सर रोगीहरुका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट शरीरमा क्यान्सर लाग्न पाउँदैन ।
अदुवा
अदूवाको रस दिनमा दुईपटक दुई चम्चाको मात्राले सेवन गर्दा क्यास्रबाट निक राहत प्राप्त हुन्छ ।
के छाड्ने ?
अघि पनि भनियो, खानेकुराकै कारण क्यान्सर हुनसक्छ । कतिपय खानेकुरा, जो क्यान्सरको कारण बन्न सक्छ । के हुन् त ति ?
सुर्तिको सेवन – चुरोट पिउँदा फोक्सोको क्यान्सर, किड्नीको क्यान्सर ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुन सक्छ । सुर्ति र गुट्खा खाँदा मुख र पाचन ग्रन्थिमा क्यान्सर हुन सक्छ । क्यान्सरमा ९० प्रतिशत घटनामा यसको सबैभन्दा ठूलो कारण चुरोट वा सुर्ति नै रहेको पाइएको छ ।
बिडी वा चुरोट– बिंडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्व प्रवेश गर्छन् । यी तत्वले स्वस्थ कोशिकाहरुलाई रोगी कोशिकाहरुमा बदलिदिन्छन् र यही कोशिकाहरु क्यान्सरमा परिणत हुन्छन् ।
अस्वस्थ्यकर खाना- कुहिएको, बासी, सडेगलेको, तारेको, भुटेको, मसलेदार खानेकुरा क्यान्सरको कारण बन्छ ।
यसो गरौं
शरीरलाई फुर्तिलो राख्ने र तौल नियन्त्रण गरौं
फिटनेसका लागि यो आवश्यक छ कि जति क्यालोरी खानामा लिइन्छ, त्यसको प्रयोग हुनुपर्छ, अन्यथा शरीरमा बोसो जम्न थाल्छ र मोटोपना बढ्न थाल्छ । मोटोपनाको कारणले मूत्राशयको क्यान्सर, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर आदिको खतरा बढेर जान्छ । त्यसैले व्यायाम गरौं, शारीरिक श्रम गरौं ।
पौष्टिक खानेकुरा खाने
शरीरलाई रोगबाट बचाउनका लागि, फिटनेसका लागि र दिनभर कामका लागि आवश्यक उर्जा पाउन पौष्टिक आहार आवश्यक हुन्छ । पौष्टिक आहारको अर्थ फल, सागपात, दूध, अन्डा र ड्राइ फ्रुट्स हो । यसका अलावा पनि खाने हो, त्यसको गुणस्तर र सरसफाईमा ध्यान दिनुपर्छ ।
घामका हानिकारक किरणहरुबाट बच्ने
सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।
Comments