७४ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् ।

इरानमा वर्षौंदेखि शरणार्थीका रूपमा बस्दै आएका ७४ हजार ३६ अफगानी शरणार्थी विगत एक महिनामा अफगानिस्तानको निमरोज प्रान्त हुँदै आफ्नो मातृभूमि फर्केका छन् र यो प्रक्रिया जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

अफगानी सञ्चारमाध्यमका अनुसार अप्रिलको सुरुदेखि मे महिनाको मध्यसम्म ६४ हजार ११५ शरणार्थी अफगानिस्तान फर्केपछि पछिल्लो तीन महिनामा इरानबाट फर्केका शरणार्थीको सङ्ख्या एक लाख ३८ हजार १५१ पुगेको छ ।

इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू बस्दै आएका छन् भने त्यति नै सङ्ख्यामा अफगानी शरणार्थीहरु पाकिस्तानमा रहेका छन् ।

Comments

Back to top