रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु, बर्षकै सबैभन्दा ठुृलो आक्रामण
आइतबार उत्तरपश्चिम सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ ।
सो घटनामा परी ३० जना घाइते भएका छन्, जसको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो, जुन धेरै ब्यस्त र ठुलो बजार थियो।
बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् । गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरिया माथी आक्रामण गरेर प्रतिक्रिया दिएको हो।
तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।
अब्देल रहमानले रुसले उत्तरपश्चिम सिरियाका दुई फरक क्षेत्रमा आक्रमण गरेको बताए । पहिलो आक्रमण जिसर अल शुगर सहरमा गरिएको थियो, जसमा छ जना सर्वसाधारण र तीन विद्रोही मारिएका थिए।
जबकि, दोस्रो आक्रमण इदलिब शहरको बाहिरी भागमा भएको थियो। इदलिबमा दुई बालबालिका र एक विद्रोहीसहित तीन सर्वसाधारणको मृत्यु भएको जनाईएको छ । सबै विद्रोही तुर्किस्तान इस्लामिक पार्टीका लडाकु थिए। आक्रमणमा परी करिब ३० जना घाइते भएका छन्, जसको हाल स्थानिय अस्पतालमा उपचार भइरहेको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
Comments