चीनले बेइजिङका लागि क्यानेडाली नागरिकलाई प्रयोग गरी जासुसी गरिरहेको आरोप
चीनले विशेष उच्च क्षमताका क्यानाडाली नागरिकहरूलाई जासुसी गर्न लगाइरहेको आरोप लागेको छ ।
चिनियाँ गुप्तचर अधिकारीहरूले क्यानाडाली नागरिकलाई उनीहरूले थाहा नपाउने गरी बेइजिङका लागि जासुसी गर्न लगाइरहेको क्यानाडाको राष्ट्रिय जासुस एजेन्सीले बताएको छ ।
चीनले आफ्ना विभिन्न आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको आरोपकाबीच क्यानाडाली सुरक्षा खुफिया सेवा (सीएसआईएस)को चेतावनी आएको हो ।
चिनियाँ गुप्तचर अधिकारीहरूले गोप्य र विशेषाधिकार प्राप्त जानकारीमा पहुँच पुर्याउन कसरी स्वदेशी र विदेश क्यानाडालीहरूलाई लक्षित गरिरहेको छ भने विस्तृत कुरा खुलाउँदै सीएसआईएसले मंगलबार साँझ ट्विटर थ्रेड पोस्ट गरेको थियो ।
Comments