शेयर बेचेर गरेकाे लगानीले २३ वर्षका अमनको क्यानभासो नेपालकाे फैँलदैछ आकार!
अमेरिकामा रहेका अमन शाक्यका आफन्तले एक साथीको घरमा क्यानभासो नेपालको चित्रकला देखे। उनले तुरुन्त फोन गरेर अमनलाई देखाए र सुनाए । 'विदेशमा पनि क्यानभासो नेपालको आर्ट देख्दा खुशीको सिमा रहेन,'अमनले मेरोलगानीलाई भने ।
२३ वर्षका अमन शाक्य मिनी क्यानभास बनाउने क्यानभासो नेपालका संस्थापक हुन् । सन् २०२० मा औपचारिक रुपमा क्यानभासो नेपाल सुरु भएको थियो ।
सानो चित्रकला महंगो र ठुलो हुन्छ भन्ने भ्रम क्यानभासो नेपालले तोडेको अमनको दाबी छ ।
अमनलाई सन् २०१७ मा एसएलसी दिएपछि अब के गर्ने भन्ने भइराथ्याे । अरु किशोर किशोरीले 'अब के पढ्ने ?' भन्ने सोचिरहेको बेलामा अमन भने भविष्यमा के व्यवसाय गर्ने भनी घोत्लिन्थे ।
उनलाई सानोदेखि चित्रकलामा रुचि थियो तर यहि क्षेत्रमा नै केहि गर्छु भन्ने थिएन । 'स्क्वायर फिट र मिटरको आधारमा एउटा पेन्टिङको पैसा तिर्नुपर्ने र धेरै नै मूल्य पर्ने देखिइरहेको थिएँ ।
व्यापार पृष्ठभूमिमा जन्मिएका अमनले सानैदेखि बुवाले सानो खालको माने बनाएको देखेका थिए ।
Comments