ट्वाइलेटसम्बन्धी केही रोचक तथ्य यस्ता छन्!
इतिहासकारका अनुसार मोहेनजोदाडोको उत्खननमा स्नान कक्ष तथा शौचालयका प्रमाणहरू फेला परेका छन् । त्यस्तै प्राचीन रोममा एक पटकमा धेरैजनाले दिसापिसाब गर्न मिल्ने खालका शौचालयहरू रहेको तथ्य पनि भेटिएको छ । जुन हालका सार्वजनिक शौचालयका प्राचीन रुप हुन् ।
हाम्रो दैनिक शौचको आवश्यकता पूर्ति गर्ने शौचालयका बारेमा अन्य केही अनौठा तथ्यहरू यस्ता छन् :
- जर्मनीका अधिकांश घरहरुमा भव्य ट्वाइलेट बनाउने परम्परा छ । ती शानदार तथा निजी ट्वाइलेटमा मानिसहरुले शौच गर्दा आरामपूर्ण समय बिताउँछन् ।
- लाओसमा आम मानिसहरु आफ्नो साथमा ट्वाइलेट पेपर राख्ने गर्दछन् । त्यहाँ शौचालयमा ट्वाइलेट पेपर राख्नुका साटो शौचालय गर्ने व्यक्तिले आफै ट्वाइलेट पेपरको जुगाड गर्ने चलन धेरै हुन्छ ।
- सिंगापुरका ज्याक सिमले सन् २००१ को नोभेम्बर १९ मा विश्व शौचालय दिवस सुरु गरेका थिए र विस्तारै यो विश्वभर फैलियो । संयुक्त राष्ट्रसंघले सन् २०१३ मा सार्वजनिक रुपमा हरेक वर्ष नोभेम्बर १९ मा विश्व शौचालय दिवस बनाउने घोषणा गरेको थियो ।
- सन् १९९२ मा शौचालयसम्बन्धी एक ठूलो सर्भेक्षण भएको थियो । जसमा बेलायतका सार्वजनिक शौचालयलाई सबैभन्दा दुर्गन्धित मानिएको थियो ।
- बेलायती राजा जर्ज द्वितीयको मृत्यु ट्वाइलेटको सिटमा लडेर भएको थियो । सन् १७६० को अक्टोबर २५ मा भएको उक्त घटना बेलायतको इतिहासमा निकै चर्चित छ ।
- न्युजिल्याण्डमा ट्वाइलेट तयार गर्न विशेष प्रविधिको प्रयोग गरिन्छ र पुनःचक्रण गरिएका सामानबाट ट्वाइलेट बनाइन्छ ।
एजेन्सी
Comments