हार्वर्ड विश्वविद्यालयमा मानव अङ्गको ब्यापार हुने गरेकाे खुलासा

अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा एउटा अचम्मको खुलासा भएको छ ।

समाचार अनुसार धेरै वर्षदेखि यहाँ शव किनबेच हुँदै आएको थियो भने त्यस कार्यमा यहाँका एक कर्मचारी दम्पती संलग्न रहेको खुलासा भएको हो ।

श्रीमान श्रीमतीले हार्वर्ड मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर बेच्ने गरेका थिए । तर, अहिले उनीहरुको पर्दाफास भएको छ । दुवैमाथि कारबाही भइरहेको छ । यसका लागि उनलाई १५ वर्षको जेल सजाय हुन सक्छ।

बीबीसीको रिपोर्ट अनुसार सेड्रिक लज नामका एक व्यक्ति हार्वर्ड मेडिकल स्कूलको शवगृहमा प्रबन्धक थिए। अमेरिकाबाट दान गरिएका शवहरू यहाँ ल्याइने गरिन्थ्यो । तर, सेड्रिकले आफ्नी श्रीमती डेनिशसँग मिलेर शवका अङ्गहरू चोर्ने गर्थे।

श्रीमान श्रीमतीले ती अंगहरु अनलाइनमार्फत बेच्ने गरेको खुल्न आएको छ, जुन कार्यका लागि उनको नेटवर्क देशभर फैलिएको थियो। रिपोर्टका अनुसार मृतकको अंग चोर्ने यो काम धेरै वर्षदेखि चलिरहेको थियो ।समाचार अनुसार दुबैले प्रायः शवको टाउको, हड्डी, छाला र मासु निकालेर बेच्ने गदर्थे।

कयौं पटक सेड्रिकले आफ्ना ग्राहकहरूलाई शवगृहमा नै बोलाएर मृत शरीरबाट आवश्यक पर्ने भागहरू बेच्ने गरेको पनि खुल्न आएको छ । 

चार्जिङ स्टेटमेन्टका अनुसार सन् २०२० मा सेड्रिकले म्याक्लिन नामक महिलालाई शवको अनुहारको छाला बेचेका थिए। यसका लागि म्याक्लिनले सेड्रिकलाई करिब ५० हजार रुपैयाँ दिएका थिए ।

सेड्रिकले विगत ४ वर्षमा ग्राहकसँग मात्रै ५० लाख रुपैयाँभन्दा बढीको सम्झौता गरेको खुलेको छ । यी शरीरका अंगहरू परम्परागत औषधि बनाउन र अवैध अनुसन्धानमा प्रयोग गरिन्थ्यो।

साथै, धेरै ठाउँहरूमा मानिसहरूले शौखका रूपमा पनि आफ्नो घर वा फार्म हाउसहरूमा मानव खप्परहरू सजाएको पनि खुलेको छ, त्यस्ता मानिसका लागि पनि उनीहरुले  चर्को मूल्यमा मानव शरिर बेच्दथे ।

Comments

Back to top