आजदेखि काठमाडौं महानगरभित्र भारतीय फिल्म रोक्ने मेयर बालेनको तयारी
आजदेखि काठमाडौं महानगरपालिकाले महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ । भारतीय चलिचित्र ‘आदिपुरुष’ मा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगरले जनाएको छ ।
काठमाडौंका मेयर बालेन शाहले गत शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए । तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश नहटाइएपछि आजदेखि भारतीय फिल्म प्रदर्शनमा महानगरले रोक लगाउने तयारी गरेको हो ।
बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए ।
Comments