अमेरिका बिरूद्द एकजुट भएर लडने इरान र क्युबाबिच सहमति

अमेरिकी साम्राज्यवादी नीति बिरूद्द एकजुट हुने इरान र क्युबाबिच सहमति भएको छ । 

इरानी राष्ट्रपति इब्राहिम रायसी र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बिच अमेरिका बिरूद्द एक जुट भएर सामना गर्न सहमति भएको हो । 

अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटवार्तामा दुवै देशका राष्ट्रपतिका बिचमा सो सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सो भेटमा दुवै नेताले अमेरिकाको आलोचना गरेका छन् । क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति भएको जनाएका छन । 

अमेरिकाले दुवै देशहरू माथि धेरै प्रकारका प्रतिबन्ध मात्रै लगाएको छैन, उसले दुवै देशलाई आतंकवादलाई बढावा दिएको आरोप पनि लगाउँदै आएको छ ।

सो भेटमा दुई नेताबीच भन्सार, दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

Comments

Back to top