रहस्यमय गाउँ जहाँ जुम्ल्याहा मात्र जन्मिन्छन् !

केही यस्ता अद्भुत रहस्यहरु हुन्छन् जसको उत्तर विज्ञानले पनि दिन सक्दैन । भारतको केरलास्थित एउटा गाउँको रहस्य पनि यस्तै छ । केरलाको कोहिन्डी गाउँलाई जुम्ल्याहा जन्माउने गाउँ भनिन्छ ।

यो गाउँमा जुम्ल्याहा जन्मिनु सामान्य हो । गाउँमा झण्डै २ हजार परिवार बस्दछन् । केही वर्ष पहिलेको सरकारी तथ्यांक अनुसार यहाँ अढाइ सय जुम्ल्याहा बच्चा छन् । तर स्थानीय डाक्टरहरुले भने अहिले जुम्ल्यहाकोे संख्या साढे ३ सय पुगिसकेको बताउँछन् । प्रतिवर्ष जुम्ल्याहाको संख्या बढिरहेको छ ।

यसरी भटाभट जुम्ल्याहा जन्मिनुको कारण खोतल्न सकिएको छैन । एक तथ्यांक अनुसार भारतमा औषतमा प्रति १ हजार बच्चामा ४ जना जुम्ल्याहा जन्मिने गरेका छन् । तर कोडिन्ही गाउँमा भने यो अनुपात निकै उच्च छ । 

 

Comments

Back to top