जथाभावी ब्युटी प्रोडक्टको प्रयोगले निम्त्याउन सक्छ नपुंसकतादेखि क्यान्सरसम्मको जोखिम!!!
छाला चम्काउन होस् वा कपाल बाक्लो बनाउन, ओंठलाई मुलायम बनाउन होस् वा अनुहारको दागधब्बा मेट्न, चाहेजति र खोजेजस्तै सौन्दर्य प्रशाधन पाइन्छ । तर, आफुलाई सुन्दर बनाउन प्रयोग गरिने सौन्दर्य प्रसाधनले कुरुप पनि बनाउन सक्छ । किनभने बजारमा त्यस्ता कमसल सौन्दर्य प्रसाधन पनि छ्यापछ्याप्ती छन्, जसको प्रयोग उपयोगी हुँदैन ।
टाउको दुख्नु
तपाईंलाई राम्रो बनाउने कस्मेटिकका कारण तपाईंलाई टाउको दुख्ने समस्या उत्पन्नहुनसक्छ भन्ने कुरा तपाईंले कहिल्यै सोच्नु भएको छैन होला । केही त्यस्ता रसायनहरु छन्, जस्तै डाइजोलिडिनाइल र डीएमडीएम हाइडि्ररेशनको प्रयोग सौन्दर्य प्रसाधनहरुमा धेरै भएको हुन्छ । त्यसैले यो टाउको दुखाई र आँखा पोल्ने जस्ता समस्याका कारण बन्न सक्छ । यदि तपाईंलाई मेकअप गर्दा त्यस्ता लक्षण देखिन्छ भने केही दिन मेकअप गर्नुहुँदैन।
कपालको समस्या
लामो, कालो कपालले तपाईंको सुन्दरतालाई सुनमा सुगन्ध भरिदिन्छ । त्यसैले हामी कपालको हेरचाहका लागि विभिन्न किसिमका स्याम्पु, सीरम, तेल, कन्डिसनर र जेल प्रयोग गर्छौं । यी सबैले तपाईंलाई चाहे अनुरुप सौन्दर्य त प्राप्त हुन्छ । तर, चाया, कपाल र्झने र पातलो हुने जस्ता समस्याहरु पनि उत्पन्न हुन थाल्छ । लामो समयसम्म कलर गर्नाले कपाल खैरो हुन थाल्छ । त्यसैले यसलाई राम्रो राख्नका लागि ब्रान्डेड उत्पादनलाई नै छनोट गर्नुपर्छ ।
डन्डिफोर (एक्ने)
एक्ने अर्थात् डण्डिफोर हाम्रो सुन्दरताको सबैभन्दा ठूलो दुस्मन हो । हाम्रो अनुहारको छालाले पनि अरु अंगका छालाहरुले जस्तै सास फेर्छन् । हामीले अनुहारमा लगाएको कि्रम अथवा लोसनले हाम्रो रोम छिद्र बन्द हुन्छ । जसका कारण हाम्रो छालाले सास फेर्न सक्दैन । जसका कारण डण्डिफोरको समस्या उत्पन्न हुन्छ । त्यसैले सधैं राति सुत्नुभन्दा अगाडि मेकअप हटाएर मात्र सुत्नु पर्छ । जति थाके तापनि आफ्नो अनुहार सफा गर्न बिर्सनुहुँदैन ।
स्किन एलर्जी
सौन्दर्य प्रशाधन तथा कस्मेटिकलाई धेरै समयसम्म उपयोगी बनाउनका लागि त्यसमा विभिन्न किसिमका रसायनहरुको प्रयोग गरिन्छ । पेराबिन्स, जुन प्रायः ब्यूटी प्रसाधनहरुमा प्रयोग हुन्छ । यदि तपाईंको छाला संवेदनशील छ भने सौन्दर्य प्रसाधन छनोट गर्नु अगाडि यसमा पेराबीनको स्तर जाच्नु पर्छ ।
आँखामा हुने समस्या
आँखा र ओठको मेकअपले नै सम्पूर्ण अनुहारलाई आकषिर्त बनाउँछ । आँखा वरपरको भाग अति नै संवेदनशील हुन्छ । त्यसैले आँखाको मेकअप गर्दा अथवा आँखामा केही लगाउँदा सावधानीपूर्वक लगाउनुपर्छ । मस्काराले आँखालाई आकर्षक बनाउँछ । तर, यसको अत्यधिक प्रयोगले छालालाई नराम्रो असर पार्छ । चिलाउने र इन्फेक्सनको समस्या पनि हुन्छ ।
इनफर्टिलिटी
हामीलाई ताजापनको अनुभव गराउने पफ्र्यूमको कण हाम्रो छालामा टाँसिन्छ । जसका कारण रिप्रोडक्टिभ अग्र्यान प्रभावित हुन्छ । यसले नपुंसकताको समस्या पनि हुन सक्छ । त्यसैले समयमा ध्यान दिनुपर्छ र यस्ता उत्पादनहरुको धेरै प्रयोग गर्नुहुदैन ।
चाउरीपना र चाया
लामो समयसम्म कस्मेटिकको प्रयोग गर्नाले केवल हाम्रो छालालाई मात्र नोक्सान पुर्याउँदैन । यसले समयभन्दा अगाडि नै बुढो पनि देखाइदिन्छ । मेकअप गरेर ती कमीहरुलाई हटाउन त सकिन्छ । तर, मेकअपले यो समस्यालाई झन् बढाइदिन्छ ।
हार्मोन्समा पनि असर
हाम्रो शरीरको एन्डोक्राइन सिस्टम कस्मेटिकको अत्याधिक उपयोगका कारण गडबढ हुन्छ । ट्राइक्लोसन जुन एक्ने रिमूवल क्रिममा समावेश भएको हुन्छ । त्यसले हाम्रो शरीरमा टाँसिएको थाइराइडलाई प्रभावित गर्छ । जसका कारण टाउको दुख्ने, वजन बढ्ने र अवसाद जस्ता समस्याहरु उत्पन्न हुन थाल्छ ।
क्यान्सर
तपाईंले प्रयोग गर्ने कस्मेटिकले तपाईंलाई क्यान्सर जस्तो भयानक रोग पनि लाग्न सक्छ भन्ने सुन्दा आश्चर्यमा पर्न सक्नुहुन्छ । त्यसो त धेरै कस्मेटिक बनाउने कम्पनीहरुले आफ्नो प्रोडक्टलाई राम्रोसँग जाँच गरेर मात्र बजारमा ल्याउने गर्छन् । तर, त्यसलाई लामो समयसम्म प्रयोग गर्नु उचित हुँदैन । ब्रान्डेड उत्पादनहरु एक्स्पायरी डेटसहित आउँछन् । डेट गएको उत्पादनको प्रयोग बिर्सेर पनि गर्नुहुँदैन।
कालो दाग
छाला सम्बन्धी समस्याहरुबाट बच्न सिधा र सरल उपाय भनेको तपाईंले प्राकृतिक, हर्बल र राम्रो ब्राण्डका रसायनरहित कस्मेटिक मात्र छनोट गर्नुपर्छ साथै इन्ग्रेडिएन्ट्सको जाँच गर्न बिर्सनुहुँदैन।
Comments