'यौन काण्ड'ले बदनाम इटालीका ‘किंगमेकर’ बर्लुस्कोनीको निधन

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । 

बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।

बर्लुस्कोनी चार पटक इटालीको प्रधानमन्त्री भएका ब्यक्ति हुन् । उनी सबैभन्दा पहिले सन् १९९४ मा पहिलो पटक इटालीको प्रधानमन्त्री बनेका थिए भने त्यसपछि सन्  २००१ देखि २००६ सम्म इटालीको प्रधानमन्त्री थिए ।

सन् २००८ मा पुनः सत्तामा फर्किए तर ऋण संकटका कारण २०११ मा राजीनामा दिनुपर्यो र उनी राजनीतिबाट पनि टाढा भए । तर, २०१७ मा उनी फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । 

इटालीका किंग मेकर मानिने बर्लुस्कोनी सन २०१२ मा कर छलीको आरोपमा फसेका थिए भने सन् २०१३ मा भने सेक्स स्क्यान्डलको गम्भिर आरोप लागेको थियो । 
 

Comments

Back to top