भारतमा मृ-त्युदण्डको सजाय सुनाए-पछि न्यायाधीशले किन भाँच्छन् कलमको निभ?
भारतीय न्यायाधीश’हरूले मृ’त्यद’ण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ ।न्यायाधीशले त्यस्तो गर्नुमा धेरै कारणहरू छन् । कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो । आफ्नो कलमबाट मृत्युजस्तो अन्तिम फैसला लेखेपछि त्यहीँ कलमले अरूको फैसला गर्न नहुने मान्यताका अनुसार न्यायाधीशहरू कसैको पनि मृ’त्युद’ण्डको सजाय सुनाइसकेपछि त्यो कलमको निभ भाँच्ने गर्दछन् ।
कुनै पनि व्यक्तिको जिवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ । मृ’त्युद’ण्डको फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहेको छ । न्यायाधीशहरूसँग मृ’त्युद’ण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको पनि कतिपय भारतीय मिडीयाहरूको तर्क रहेको छ ।
मृत्युदण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र रहेको छ ।
एजेन्सी
Comments