अबैध आप्रावासीलाई बेलायतमा कडाई, अब उनीहरुलाई पानी जहाजमा राखिने
बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएकाे छ ।
जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छन् । उनका अनुसार करदाताको पैसाबाट चल्ने होटलको दबाब कम गर्न अबैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन् ।
त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा एउटा जहाज महिनाको अन्त्यसम्ममा तयार हुने प्रधानमन्त्री सुनकले बताए। साथै, अन्य दुईवटा जहाज पनि निर्माण हुनेछन् । यसमा लगभग १००० अबैद्य आप्राबासीलाई राख्न सकिनेछ ।
अवैध आप्रवासी रोक्ने विधेयक संसदबाट पारित भएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरुलाई अब जहाजमा राखिने जानकारी दिएका हुन् । उनका अनुसार अब बेलायती सरकारलाई गैरकानुनी रुपमा देशमा आउनेलाई थुन्ने र देश निकाला गर्ने अधिकारसमेत पाएकाे छ । ‘म प्रतिज्ञा गर्छु कि हामी अवैध आप्रवासीहरूलाई होटलबाट बाहिर निकाल्नेछौं, त्यस्ता व्यक्तिहरूलाई सैन्य प्रतिष्ठानसहित दुई वैकल्पिक स्थानमा राखिनेछ’ उनले भने ।
सुनकले स्थानीय समुदायको दबाब कम गर्न पानीजहाजमा मानिसलाई राख्न खोजिएको स्पष्टीकरण दिएका छन्। उनका अनुसार जसका लागि पहिलो पानी जहाज चाँडै पोर्टल्यान्डमा उत्रदैछ भने थप दुईवटा जहाजहरू पनि चाँडै त्यसका लागि प्रयोग ल्याइनेछ ।
Comments