स्वीडेनले दियो याैन सम्पर्कलाई खेलको मान्यता, जुन ८ देखि युरोपियन सेक्स च्याम्पियन्सिप आयोजना गर्दै

यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको मान्यता दिने विश्वकै पहिलो राष्ट्र बनेको छ ।

स्वीडिस सेक्स फेडेरेसनले आगामी जुन ८ मा पहिलो युरोपियन सेक्स च्याम्पियन्सिप पनि आयोजना गर्ने घोषणा गरेको छ । ६ हप्तासम्म चल्ने यस प्रतियोगितामा खेलाडीले ४५ मिनेटदेखि एक घण्टासम्म दैनिक भाग लिन पाउनेछन् । दैनिक ६ घण्टा सेक्स प्रतियोगिता हुनेछ ।

सो प्रतियोगितामा तीनजना निर्णायकका साथै दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिने जनाइएको छ । अहिलेसम्म यो प्रतियोगिताका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइएको बताइएको छ ।

सेक्सलाई मान्यता दिनु अत्यावश्यक रहेकै कारण यसलाई खेलको मान्यता दिइएको स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकले प्रतिक्रिया दिए ।

Comments

Back to top