अनौठो गाउँ जहाँका मानिस बोल्दैनन्, इशाराले कुरा गर्छन् !
इण्डोनेसियामा एउटा यस्तो गाउँ छ जहाँका हरेक व्यक्ति केवल इशाराले कुरा गर्छन् । पछिल्लो सात पिँढीदेखि बेँगकला नामको उक्त गाउँका मानिसहरु एक आपसमा बोलेकै छैनन् । उनीहरु मुखले हैन हातको इशाराले कुरा गर्छन् ।
गाउँमा झण्डै ३ हजार मानिस बस्दछन् । गाउँलेहरु मात्र हैन यहाँ रहेका विभिन्न कार्यालयहरुमा पनि मुखले कुराकानी हुँदैन, इशारामै कामकुरा हुन्छ । यो दुर्गम गाउँमा बाहिरी मानिसको खासै आवतजावत छैन ।
यहाँका मानिसहरु एक आपसमा संचारका लागि प्रयोग गर्ने सांकेतिक भाषालाई काटा कोलोक भन्दछन् । यो भाषा कैयौँ सताब्दी पूरानो रहेको बताइन्छ । काटा कोलोकले बोल्न तथा सुन्न नसक्ने मानिसलाई पनि सम्मान दिन्छ ।
यो गाउँमा बोल्ने तथा सुन्ने सम्बन्धी समस्या रहेका मानिसहरुको संख्या सामान्य भन्दा १५ प्रतिशत बढि छ । त्यसैले पनि सांकेतिक भाषा निकै लोकपि्रय बनेको छ । नबोल्ने गाउँ भएकैले होला यो गाउँको नामै बहिरो गाउँ रहेको छ ।
Comments