उडिसा दुर्घटनाको ५१ घन्टा पछि एक लेनको रेल सेवा सुचारु, दोस्रो चाँडै हुने

उडिसा रेल दुर्घटना पछि अवरुद्ध हुन पुगेको रेल सेवा ५१ घन्टा पछि सुचारु भएको छ ।

बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबारको भीषण रेल दुर्घटना पछि पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध हुन पुगेको थियो । 

तर, हिजो राती मुख्य ट्रंक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएको तथा रेल सेवाहरू सुचारु गर्नका लागि दुईवटा ट्र्याकहरू मर्मत गरिए पछि सो बाटो हुदै जाने रेल सेवा सुचारु भएको हो । आइतबारदेखि एक लाइनको रेल सेवा सञ्चालनमा आएको थियो । 

सो भयानक दुर्घटना पछि घटनास्थलमा रहेका रेल मन्त्री रेल मंत्री अश्विनी वैष्णव आफैं उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए । सो दुर्घटनाको ५१ घन्टा पछि मालगाडी पास भए पछि रेलमन्त्रीले पहिले भगवानलाई धन्यवाद दिए र त्यसपछि जनतासँग कुरा गर्दै सबैले राम्रो हुँदै जाने बताए ।

 

Comments

Back to top