बार्सिलोना लिगको अन्तिम खेलमा पराजित

युरोपका लिगहरुमा च्याम्पियन भईसकेको क्लबहरू अन्तिम खेलमा पराजय हुने क्रम रोकिएको छैन । 

इंगलिस प्रिमियर लिगमा म्यानचेस्टर, ला लिगामा पिएसजी अन्तिम खेलमा पराजय भइसकेकाे बेला स्पेनिस ला लिगाको च्याम्पियन बार्सिलोना पनि लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ ।

आइतबार राती एवान्का वालाइडोस भिगोमामा भएको खेलमा घरेलु टोली सेल्टा डि भिगोसँग बार्सिलोना २–१ ले पराजित हुन पुगेको हो ।

आइतबार रातिको खेलको ११औं मिनेटमा फ्रान्क केस्सीले गोल गरेपनि मान्यता पाउन नसके पछि सुरुवाती अग्रता लिन बार्सिलोना असफल भइरहेको बेला ४२औं मिनेटमा गाब्रिएल भेइगाले गोल गर्दै भिगोलाई १–० को अग्रता दिलाए । त्यसपछि पहिलो हाफमा कुनै पक्षबाट पनि गोल हुन सकेन ।

उता, दोस्रो हाफको ६५औं मिनेटमा घरेलु टोलीका गाब्रिएलले पुन अर्को गोल थपे पछि बार्सिलोना साे खेलमा २–० ले पछि पर्यो भने घरेलु टोलीको दबाबमा परेको बार्सिलोना ७९औं मिनेटमा अन्सु फातीले गोल फर्काए पछि खेल २–१ को अवस्थामा त आईपुग्यो । तर, त्यसपछि दुवै पक्षबाट गोल हुन नसके पछि घरेलु टोलीबाट लिगको अन्तिम खेलमा बार्सिलोना पराजित हुन पुग्यो । 
 

Comments

Back to top