पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा
दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको छ ।
संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन एफएओ र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले पाकिस्तान र अफगानिस्तानमा बढिरहेको खाद्य असुरक्षालाई दृष्टिगत गरी त्यो आगामी महिनाहरूमा अझ चर्किने सम्भावना रहेको जनाउँदै दुवै राष्ट्रलाई अभावको केन्द्र हटस्पट बन्नसक्ने प्रारम्भिक चेतावनी दिइएको खामा प्रेसले जनाएको छ ।
ती देशमा खाद्यान्नको सञ्चित घट्दै गएको, दुई दशक लामो द्वन्द्वले अस्तव्यस्त भएको अफगानिस्तानको राजनीतिक प्रणाली, तालिवान सत्तामा आएपछिको अवस्था, विषम भूगोल एवम् जलवायु, अघिल्लो वर्षको बाढीबाट पाकिस्तानको कृषि क्षेत्रमा भएको व्यापक क्षति, जारी राजनीतिक एवम् आर्थिक सङ्कटले खाद्य असुरक्षा बढाएको स्वतन्त्र पत्रकार नोमान हुसेनले खामा प्रेसलाई बताएका छन् ।
Comments