सन्दीप लामिछाने विश्वकप छनोट खेल्न भोलि दक्षिण अफ्रिका जाने
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य क्रिकेटर सन्दीप लामिछाने विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाने पक्का भएको छ ।
नेपाल क्रिकेट संघ क्यानको पहल र सन्दीपका कानुन व्यवसायीले काठमाडौं जिल्ला अदालतमा नियमित पेशी सार्न माग गर्दै निवेदन दिएका थिए ।
सोहि निवदेन उपर काठमाडौं जिल्ला अदालतले अर्को पेशी असार २९ गते तोक्ने भनेपछि सन्दीपलाई नेपाली टिमले खेल्ने प्रतियोगितामा सहभागिता जनाउने बाटो खुला गरेको हो ।
गत मङ्गलबार राष्ट्रिय टोली दक्षिण अफ्रिका प्रस्थान गरेपनि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोली (सोमबार) दक्षिण अफ्रिका पठाउन लागेको हो ।
उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ ।
असार २९ गतेभन्दा अगाडि पेशी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् ।
क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीपलाई भाेलि नै पठाउने गरी आवश्यक तयारी गरिएको बताए ।
Comments