पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको प्रकाशमानको आरोप

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको टिप्पणी गरेका छन् । आज पार्टीको ललितपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको बताएका हुन् ।

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वयको आवश्यकता देखिएको पनि बताएका छन् । जनताको इच्छा, आकांक्षाबमोजिमा समयलाई बुझेर पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए ।

पार्टीलाई संस्थागतरुपमा अघि बढाउनसके अरु कुनै राजनीतिक दलले चुनौति दिन नस्कन्ने उनको भनार्य छ । कांग्रेसले आगामी दिनमा आउने चुनौतीहरु सशक्त रुपमा ट्याकल गर्छ भन्ने इमेज दिनुपर्नेसमेत उनले बताए। नेता सिहले पार्टीभित्र एकले अर्कोलाई दोषारोपण नगरी र हिलो नछयापी काम गर्न पर्ने बताए ।


Comments

Back to top