नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैको बयान सकियो, आइतबारबाट थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तको बयान सकिएको छ । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाँड, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै पक्राउ परेका सबैको बयान सकिएको हो ।

अब आइतबारबाट थुनछेक बहस शुरु हुने अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । 

आइतबारबाट शुरु हुने थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुने छ । 

थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठ जनाले बहस गर्ने छन् । 

यता अभियुक्तका तर्फबाट भने प्रत्येक अभियुक्तका आ–आफ्ना कानून व्यवसायीले बहस गर्ने छन् ।

यता, अझै फरार सूचीमै रहेकाहरुको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । 

त्यसैगरी आशंका गरिएका र उक्त प्रकरणमा मुछिएका हुन सक्नेहरुमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

Comments

Back to top