लाल्टिन साप्ताहिक समिक्षा

निरन्तर घट्दो ट्रेन्डमा रहेको नेप्सेमा पछिल्ल्लो दुइ साता बढेर लगानीकर्तालाई राहत दिए पनि यस साता भने नेप्से भारी अङ्कको गिरावट पछि बन्द भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १९६०.९५ को बिन्दुमा खुलेको नेप्से ९२.७८(४.७४ प्रतिशत)ले घट्दा साताको अन्तिम कारोबार दिन विहिबार सूचक १८६६.३४ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 

नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

यस साता नेप्सेले मिडल ब्याण्डमा रेसिस्ट्यान्स लिएर तल झरेको छ। एमएसिडि लाईन यस साता -३९.४० बाट घटेर -४०.८४  मा आएको छ र हिस्टोग्राम यो साता घटेर -३.४४  बाट -३.९०मा पुगेको छ जसले बजारमा बिक्रि चाप यस साता बढेको देखिन्छ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -३६.९४ मा आएको छ। +१४ डिएमआई लाईन अहिले २०.३३ मा रहेको छ भने  -१४ डिएमआई लाईन २२.६२ मा रहेको छ। ए.डी.एक्स १२.७८ मा रेहको छ जसले अहिले सम्मको ट्रेन्डको स्ट्रेन्थ निकै कम भएको जनाउछ। आरएसआइ ४९.६६ बाट घटेर ४३.०१ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी घटेको देखिन्छ ।

बजारमा अर्को सपोर्ट बोलिंगेरको लोवर ब्याण्ड करिब १७६०को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको मिडल ब्याण्ड १९८० मा रहने छ। एडीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा कुनै पनि ट्रेन्डको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ। 

Comments

Back to top